होम क्वारेन्टाइनमा बसेकाहरूलाई भेटे मोर्चाका प्रतिनिधिहरूले

सोनादा: गोर्खा जनमुक्ति मोर्चा (बिनय खेमा) केन्द्रिय सदस्य राजेश चौहान, लक्ष्मण ठकुरी, जीवन प्रधान आदिले दार्जिलिङको रङ्ग्बुल, धोतरिया,मुण्डाकोठी चियाबगानमा होम कोराइन्टेन बसेकाहरुसित भेटेर भलाकुसारी गरे। केही दिन अघि बाहिरबाट आएर होम क्वारेन्टाइनमा बसेका पूर्व पार्षद एवं गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य एनबी प्रधान अनि तिनका परिवारले आज 14 दिनको होम क्वारेन्टाइनको अवधि पूरा गरेकोमा मोर्चाका केन्द्रिय सदस्य राजेश चौहान, लक्ष्मण ठकुरी आदिले खदा लगाइदिएर तिनलाई क्वारेन्टाइनको नियम पूर्ण गरिदिएकोमा हार्दिक वधाई पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *