होम स्टे पहाडको पर्यटनमा स्वरोजगार प्रदत्त प्रकल्प

मिरिक: पहाडको पर्यटनमा होम स्टे एउटा सुन्दर स्वरोजगार प्रदत्त प्रकल्प मानिन्छ। परिपर्यटन तथा ग्रामीण पर्यटन पूर्वाधार विकासमा होम स्टे प्रकल्पले अग्रगामी भूमिका निर्वहन गर्न थालेको देखिन्छ। सुदूर ग्रामीण क्षेत्र होम स्टे प्रकल्पको कारण राष्ट्रीय पर्यटनसङ्ग जोडिन थालेकोले होम स्टे एउटा दह्रिलो आयस्रोतको माध्यम बन्न थालेको छ। अहिले सुदुरवर्ती गाउँहरूमा होम स्टे निर्माणमा मानिसहरूको चासो बढेको देखिएको छ। यसै सिलसिलामा मिरिक गोपालधारा चिया बगानका माधव बुढाथोकीलाई पनि आकर्षित गरेको छ। अवकाश जीवनलाई सक्रिय बनाउन उनी होम स्टेलाई आधार बनाउन लागिपरेका छन्। तिनले बुलाकी होम स्टे-को तयार गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *