होटलहरूमा अग्निशमन प्रणालीको निरीक्षण

सिलगढी: अग्निशमन विभागका अधिकारीहरूले आज सिलगढ़ीको खपरेल बजार, मतीगढा संलग्न एउटा प्रतिष्ठित होटलमा एउटा अभियान चलाएर होटलमा अग्निशमन प्रणालीबारे निरीक्षण गरे। उक्त निरीक्षण पछि होटलका प्रबन्धकहरू अनि सहकर्मीहरूले सिलगढी अनि मतीगढा अग्नीशमनद्वारा गरिएको संयुक्त अभियानले आफुहरू सन्तुष्ट भएको बताए। कुनै पनि आकस्मिक अप्रिय दुर्घटनाबाट बाँच्नको लागि सिलगढी छेउछाउको इलाकाहरूमा यस प्रकारको अभियान लगातार चलाउने अग्निशमन विभागका अधिकारीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *