होटलहरूमा अवैध रूपमा रम-रक्सी बेचेको आरोपमा 4 जना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले गत राति थाना अन्तर्गत इलाका लगायत होटलहरूमा अभियान चलाएर अधिक मात्रामा देशी-विदेशी  रम-रक्सी सहित 4 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा मन्तोष कुमार मण्डल (28), महावीर महतो (60), देवेन्द्र सिंह (51) र राकेश पाल (40) सामेल छन्। प्राप्त जानकारी अनुसार  प्रधान नगर थाना पुलिसले होटलहरूमा गैर कानुनी रूपमा रम-रक्सी बिक्री गरिरहेको गोप्य सुइँको पाएपछि उक्त होटलहरूमा अभियान चलाएर लगभग 60 हजार रुपियाँको देशी-विदेशी रम-रक्सी उद्धार गर्नको साथै अवैध रूपमा रम-रक्सी बेचेको आरोपमा 4 जनालाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *