एचपीडब्ल्युयू खरसाङ कमिटीका अध्यक्ष अदिप राई चयन

खरसाङ (निस) : गोरामुमो-को श्रमिक संगठन हिमालयन प्लान्टेसन वर्कर्स युनियन खरसाङ ब्राञ्च कमिटीको खरसाङ गोर्खा जन पुस्तकालयमा बसेको साङ्गठनिक सभामा खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष पदमा सर्वसम्मतिले अदिप राई, सचिव बिरेन्द्र छेत्रीलाई चयन गऱ्यो भने अन्य रहल रिक्त पदहरुमा आगामी दिनमा चाँडैं बैठक गरेर तिनीहरूको पनि चयन गरिने बताइएको छ। बिरेन्द्र छेत्रीले जनाए अनुसार अब एचपीडब्ल्यु खरसाङ ब्राञ्च कमिटीलाई बलियो बनाएर लैजाने साथै समष्टि कमिटीहरुमा पनि चिया श्रमिकहरुको हक र हितको निम्ति लड्न समष्टि कमिटीलाई बलियो बनाउने साथै धारावहिक कार्यक्रमहरु गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *