एचपीडब्ल्युयु टोलीले भेट गर्यो सांसद विष्ट र विधायक जिम्बासित

दार्जिलिङ : गोरामुमो केन्द्रीय श्रमिक संगठन एचपीडब्ल्युयु टोलीले दार्जिलिङका सांसद राजु विष्ट अनि विधायक निरज जिम्बासित भेट गरेर रङ्नित चियाबारीको विभिन्न समस्याहरूलाई लिएर एउटा ज्ञापन पत्र चढायो। यसको साथै पुटुङ चियाबारीको विभिन्न समस्याहरू लगायत बन्द चियाबारीको विषयमा पनि तिनीहरूले सांसद विष्ट र विधायक जिम्बासित कुराकानी गरे। सांसद राजु विष्टले सबै समस्याहरूको समाधानको लागि आफूले कार्य गरिरहेको साथै आज चर्चा गरिएको विषयको समाधानको लागि पनि पहल गर्ने वचन दिएको बताइएको छ। संगठनका अध्यक्ष डीके गुरुङ अनि महासचिव एसके लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै यसबारे जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *