एचएस-को रिजल्टलाई लिएर सिलगढी वरदाकान्द विद्यापीठका विद्यार्थीहरूद्वारा असन्तुष्ट व्यक्त

सिलगढी : उच्च माध्यमिक परीक्षाको मूल्याङ्कनलाई लिएर सिलगढी बरदाकान्त विद्यापीठ हाई स्कुलका विद्यार्थीहरूले असन्तुष्ट व्यक्त गरेका छन्। विद्यार्थीहरूले आज स्कुलमा रिजल्ट लिन जाँदा मूल्याङ्कन नीतिअनुसार लगभग 20 देखि 25 प्रतिशत अङ्क कम्ती पाएको बताउँदै क्षोभ प्रकट गरे। आफूहरूले सोचेको भन्दा पनि कम्ती अङ्क प्राप्त भएकोले गर्दा आज स्कुलका टिचर्स इन्चार्जलाई एउटा ज्ञापन पत्र चढाएको विद्यार्थीहरूले बताए। गत माध्यमिक र एघारौँ श्रेणीको रिजल्ट अनुसार उच्च माध्यमिकमा मूल्याङ्कन गरिने जनाए तापनि उच्च माध्यमिकको रिजल्ट जारी भएपछि आफूहरूले 20 देखि 25 अङ्क कम्ती पाएको तिनीहरूले आरोप लगाएका छन्। बरदाकान्ता विद्यापीठ हाई स्कुलका टिचर्स इन्चार्जले यस मामिलालाई स्वीकार गर्दै यसबारे काउन्सिललाई जनाउने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *