एचएस परीक्षा स्थगित गर्नुपर्ने मागमा विद्यार्थीहरूद्वारा धरना

सिलगढी : हाल देशमा कोरोना संक्रमितहरूको संख्या लगातार बढिरहेकोले गर्दा उच्च माध्यमिक परीक्षाको रहल 3 वटा विषयको परीक्षा स्थगित गरिनुपर्ने मागमा सिलगढीका विद्यार्थीहरू अघि आएका छन्। आज यहाँको बाघाजतीन पार्क अघि केही विद्यार्थीहरू धरनामा बसेका छन्। हाल देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढिरहेकोले गर्दा स्थिति सामान्य नभएसम्मको लागि उच्च माध्यमिकको रहल परीक्षा स्थगित गरिनुपर्ने तिनीहरूले माग गरेका छन्। स्मरण रहोस्, हालै सिलगढीको सर्किट हाउसमा दार्जिलिङका जिल्लापालले सम्बन्धित शिक्षा विभागका शीर्ष पदाधिकारीगण लगायत अन्य व्यक्तिहरूको उपस्थितिमा सम्पन्न गरेको बैठक अवधि रहल 3 वटा उच्च माध्यमिकको परीक्षा आगामी 2, 6 र 8 जुलाईको दिन गरिने निर्णय लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *