‘हम जायेगा’ चलचित्रको प्रथम गीतको लोकार्पण

दार्जिलिङ : ‘हम जायेगा चलचित्रको प्रथम गीतको लोकार्पण आज हम जायेगाको नातिनीको हातबाट गरियो। वैष्णवी प्रोडक्शनद्वारा निर्माण गरिएको चलचित्र हम जायेगा’-को प्रथम गीतको लोकार्पण कार्यक्रम आज स्थानीय दिव्यावाणी भवनमा सम्पन्न गरियो। प्रथम गीतको लोकार्पणको समय हम जायेगाकी बुहारी भावविह्वल बन्दै आँखाभिर आँसु पारेर आफ्ना स्व. पति र स्व. ससुराको स्मरण गरिन्। यस भावविह्वल क्षणले हम जायेगा चलचित्रको प्रथम गीत लोकार्पण कार्यक्रम नै भावुक बनेको थियो। कार्यक्रममा यस चलचित्रका कलाकारहरूलाई पनि संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *