आईसीसी महिला वर्ल्ड कपको लागि भारतीय महिला टोलीमा सिलगढीको ऋचा घोष छनौट

सिलगढी : आईसीसी महिला वर्ल्ड कपको लागि भारतीय क्रिकेट बोर्डले आज 15 सदस्यीय टीमको घोषणा गरेको छ भने यस महिला वर्ल्ड कप टोलीमा सिलगढीको ऋचा घोष भारतीय टीमको लागि खेल्नेछिन्। उक्त खबर पाएपछि सिलगढी क्रिकेट लभर्स वेलफेयर एसोसिएशनका सदस्यहरू आज अपरान्ह ऋचा घोषको घर कलेजपाडा पुगेर तिनलाई अभिनन्दन जनाए। यस अवसरमा ऋचा घोषले विश्व कप टोलीमा आफूले मौका पाएकोमा धेरै खुसी छु साथै खेलमा सर्वश्रेष्ठ प्रदर्शन गर्नेछु भनी बताइन्। यसभन्दा अघि पनि टी20 विश्व कपमा खेलेको अलग्गै अनुभव छ भने आउँदो विश्व कपको अनुभव पनि अलग्गै रहने तिनले बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *