ईद पालनबारे राजगञ्ज पुलिसले गरे ईमामहरूसित बैठक

राजगञ्ज : कोरोना परिस्थितिमा मुस्लिम समुदायका मानिसहरूको सबैभन्दा ठुलो पर्व ईद पालन गर्ने विषयलाई लिएर आज राजगञ्ज थाना पुलिसले मुस्लिम धर्मगुरू इमामहरूसित एउटा महत्वपूर्ण बैठक गरे। यस सप्ताहदेखि देशभरिमै मुस्लिम समुदायका मानिसहरूले 1 महिनाको रोजा राखेर सबैभन्दा ठुलो पर्व ईद-उल-फितर पालन गर्ने गर्दछन्। गत वर्ष झैँ यस वर्ष पनि प्रशासनको नियम पालन गर्दै ईदको नमाज पढ्नु पर्ने लगायत अन्य विविध विषयलाई लिएर आज राजगञ्ज थानाका आईसी पंकज सरकार र राजगञ्ज जोइन्ट बीडीओले यहाँको विभिन्न जमातका ईमामहरूसित एउटा महत्वपूर्ण बैठक गरे। पुलिस सूत्रले दिएको जानकारी अनुसार कोरोना महामारीको समयमा राजगञ्ज थाना अन्तर्गत पर्ने विभिन्न जमातका ईमामहरूलाई जिल्ला पुलिसको निर्देश अनुसार विभिन्न नियम पालन गर्दै ईद मनाउने निर्देश दिएको बताइएको छ। जमातमा 50 जनाभन्दा अधिक मानिसहरू भेला हुन नपाउने साथै सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, सेनिटाइजरको व्यवस्था गरिनुपर्ने तथा सामाजिक दूरी पालन गर्नुपर्ने बारे पुलिसले ईमामहरूलाई निर्देश दिएको छ। सुखानी ग्राम पञ्चायतका पञ्चायत सदस्य शेख उमर फारूकले बताएअनुसार सबैभन्दा पहिला मानिसको जीवन हो, मानिस बाँचे धर्म बाँच्ने छ। प्रशासनको निर्देशअनुसार नमाज पढ्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetvolemobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes