ईलाका जलमग्न भएपछि 46 नम्बर वार्डवासीहरूद्वारा विरोध प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत ढकनीकटा जलमग्न भएपछि स्थानीय मानिसहरू आक्रोशित बनेर श्रीगुरु विद्या मन्दिर  नजिक सड़क अवरोध गरेर विरोध प्रदर्शन गरे। सड़कमा लगाइएको बाँसको ब्यारिकेटले सडक अवरोध गरेर घण्टौँसम्म जनप्रतिनिधिहरूविरुद्ध व्यापक नाराबाजी लगाए। घटनाको खबर पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई आश्वासन दिएपछि सडक अवरोध हटाए। प्रत्येक वर्ष वर्षाको समयमा पानी यहाँको घरहरूभित्र पस्ने गरेको साथै यसबारे धेरैपल्ट वार्ड को-अर्डिनेटरलाई अवगत गराए तापनि कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। उक्त इलाकामा जल निकासी व्यवस्था राम्रो नभएको कारण नै प्रत्येक वर्ष वर्षाको समयमा घरभित्र पानी पस्ने गरेको निक्कै समस्याको सामना गर्न परेको गाउँलेहरूले बताए। वार्ड को-अर्डिनेटरले चाँडै यसबारे कुनै पहल नगरे बाध्य भएर आगामी दिनमा बृहद आन्दोलन गर्ने स्थानीय मानिसहरूले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *