इम्पोइज युनियन खरसाङ‌द्वारा विश्व नारी दिवस पालन

खरसाङ (निसं) : इम्पोइज युनियन खरसाङ‌द्वारा विश्व नारी दिवस पालन गरियो। रमेश कुमार रसाईलीद्वारा सञ्चालित यस कार्यक्रममा एपीओ एनजेपी सन्तोषकुमार दत्त प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा इभालता साईमिक, भूतपूर्व रेलवे प्रेसको फोरमेन उपस्थित थिए। कार्यक्रममा सन्तोष दत्तले आफ्नो सम्भाषणमा बन्द प्रेस कर्मचारीको पदोन्नतिको निम्ति पनि भविष्यमा कार्य गरिदिने वचन दिएका छन्।


यस अवसर‌मा  कल्याणी प्रधान अनि तिनका सह‌योगीहरद्वारा भायोलिनमा केही राम्रा धुनहरू प्रस्तुत गरे। शाखा अध्यक्ष डिमु लेप्चा लामाले कार्यक्रममा उपस्थित सबै नारीहरूलाई धन्यवाद दिइन्। यसैगरी, शाखा सचिव विशाल मुखियाले नारी विषयमा धेरै उत्थानमूलक विषयहरू प्रस्तुत गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *