इण्डियन हिमालयन सेण्टर फर एडभेञ्चर एण्ड इको टुरिज्मको आयोजनामा सिक्किममा तीनदिने तालिम

गान्तोक: इण्डियन हिमालयन सेन्टर फर एडभेञ्चर एन्ड इको टुरिज्मले इण्डियन माउण्टेनियरिङ फाउण्डेशन-ईष्ट जोन समितिको सहयोगमा जर्ज अनि रुट सेटर्सहरूको निम्ति सिक्किममा तीनदिने तालिम कार्यक्रम आयोजन गऱ्यो। गत 28 अक्टोबरदेखि 30 अक्टोबरसम्म सम्पन्न यस तालिम कार्यक्रममा पूर्व अञ्चलका अध्यक्ष एम ब्यानर्जी, सचिव एन. चक्रवर्ती, एमआर विजयाराघवन आदिले अवलोकन गरे भने भारतका एकमात्र अन्तरराष्ट्रिय जर्ज सीनियर आईएफएससी जर्ज कृष्ण काडुस्कर शोध वक्ताको रूपमा उपस्थित थिए।

यसैगरी, रुट सेटिङको निम्ति राष्ट्रिय तहका रुट सेटरद्वय चित्रसेन अनि राजु कर्माकर शोधवक्ताको रूपमा रहेका थिए। यस तालिममा देशका विभिन्न अञ्चलबाट 30 जना प्रशिक्षणार्थीहरूले सहभागिता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes