इन्डियन ओयल कर्पोरेशनद्वारा माध्यमिक उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानित

सिलगढी स्वाधीनता दिवसको 75 वर्षको उपलक्ष्यमा इन्डियन ओयल कर्पोरेशनको तर्फबाट आज माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान जनाइयो। मतिगढा परिवहन नगरमा आज इन्डियन ओयल कर्पोरेशनको डिभिजनल कार्यालयमा माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने दार्जिलिङ र जलपाईगढी जिल्लाका चारजना विद्यार्थीलाई सम्मान जनाइयो। इन्डियन ओयलका डीजीएम रिटेल सेल्स अधिकारी राजीव विश्वासले दार्जिलिङ जिल्लाकी रिंकनी घटक अनि जलपाईगढी जिल्लाका बेदाग्रनी घोष, अन्वेषा सिंघ र श्रेया सरकारलाई प्रशंसा पत्र लगायत 10 हजार रुपियाँको चेक प्रदान गरे। यस कार्यक्रममा राजीव विश्वास डीजीएम रिटेल सेल्ससौमेन राय चिफ म्यानेजर रिटेल सेल्स, प्रशान्त लामा म्यानेजर रिटेल सेल्स इन्डियन ओयल कर्पोरेशन लिमिटेड आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *