इन्डियन ओयलद्वारा नर्थ बेङ्गालमा ‘एक्स्ट्रा ग्रीन फ्यूल’  लन्च

सिलगढी : वाहनहरूबाट निस्किने धुवाँले गर्दा पर्यावरण दूषित भइरहेकोले गर्दा इन्डियन ओयलले एउटा नयाँ पहल शुरू गरेको छ। इन्डियन ओयलले आज नर्थ बेङ्गालमा सबैभन्दा पहिला सिलगढीमा एक्स्ट्रा ग्रीन फ्यूल प्रोडक्ट लन्च गर्यो। एक्स्ट्रा ग्रीन फ्यूलले पर्यावरणलाई कुनै प्रकारको नोक्सान नहुने साथै वाहन चालकहरूले माइलेज पनि पाउनेछन्। सिलगढीको 2 माइलस्थित जोय सर्भिस स्टेशन इन्डियन ओयल पेट्रोल पम्पमा आज एक्स्ट्रा ग्रीन फ्यूलको पम्प जडान गरियो भने डायरेक्टर एचआर इन्डियन ओयल रञ्जन कुमार महापात्रले यसको उद्घाटन गरे। यस अवसरमा एक्ज्युकेटिभ डाइरेक्टर स्टेट हेड प्रीतीश भारत, जनरल म्यानेजर रिटेल सेल्स मानस रावत राय र डिभिजनल सेल्स हेड सिलगढी डीयू राजीव विश्वास लगायत पम्पका अधिकारी उपस्थित थिए। अर्कोतिर, इन्डियन ओयलले यो नयाँ प्रोडक्ट एक्स्ट्रा ग्रीन फ्यूलमा मानिसहरूको लागि एउटा स्कीम लिएर आएको छ भने यस अन्तर्गत 1000 को एक्स्ट्रा ग्रीन फ्यूल आफ्नो वाहनमा हाल्ने ग्राहकहरूलाई आफूले मन पर्ने एउटा कार्ड भाउचर पाउनेछन्। उक्त कार्ड स्क्रेच गर्दा ग्राहकहरूले 10 देखि 500 सम्मको निःशुल्क ग्रीन फ्यूल पाउनेछन्। उक्त स्कीम आजदेखि आगामी 15 जनवरीसम्म सीमित छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *