इन्डियन रेडक्रस सोसाइटी सिलगढीको तर्फबाट कृत्रिम अंग प्रदान निर्धारण शिविरको आयोजना

सिलगढी : इन्डियन रेडक्रस सोसाइटी सिलगढीको तर्फबाट आज कृत्रिम अंग प्रदान निर्धारण शिविरको आयोजना गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियमको 2 नम्बर हल घरमा आयोजित उक्त शिविरमा डाबग्राम-फुलबारी र राजगञ्ज ब्लकको विशेष आवश्यकमन्द मानिसहरूले आफ्नो नाम पञ्जीकरण गरेको बताइएको छ। मुख्यतः विशेष आवश्यकमन्द मानिसहरूको सुविधाको लागि इन्डियन रेडक्रस सोसाइटी सिलगढी शाखाको तर्फबाट आज निःशुल्क कृत्रिम अंग तथा सहायक यन्त्र प्रदान गर्न उक्त शिविरको आयोजना गरिएको हो। संगठनका सचिव टुटुल नन्दीले बताएअनुसार एएलआईएमसीओ नाम गरेको संस्थाको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा कृत्रिम अंगको आवश्यक रहेको मानिसहरूको नाम पञ्जीकरण गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *