इन्दिरा गाँधीको 104औँ जन्मजयन्ती बाघडुग्रामा पालन

बाघडुग्रा : बाघडुग्रा अञ्चल कङ्ग्रेसको तर्फबाट आज भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गाँधीको 104औँ जन्मजयन्ती पालन गरियो। बाघडुग्रा अञ्चल कङ्ग्रेसका सदस्यहरूले आज बाघडुग्राको बिहार मोडमा इन्दिरा गाँधीको प्रतिकृतिमा फुलमाला चढाएर श्रद्धा सुमन अर्पण गरे। यस अवसरमा ब्लक सभापति अमिताभ सरकार, पूर्व प्रधान कञ्चन कसुया, मोहम्मद ईमरान लगायत अन्य उपस्थित थिए। ब्लक सभापति अमिताभ सरकारले इन्दिरा गाँधीको व्यक्तित्व, मानिसहरूप्रति तिनको माया, दायित्व आगामी दिनमा भारतको राजनीतिमा फेरि फर्किआओस् भन्ने आफूले कामना गरेको बताए। आगामी 5 वटा राज्यमा हुने चुनाउमा कङ्ग्रेसले सम्पूर्ण शक्ति लगाएर लड्नेछ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *