इन्दिरा गाँधी स्मृति रक्षा कमिटी-द्वारा इन्दिरा गाँधीको 104औँ जन्म जयन्ती पालन

सिलगढी : इन्दिरा गाँधी स्मृति रक्षा कमिटीको तर्फबाट सिलगढी नगरनिगमको 23 नम्बर वार्डमा भारतका पहिलो महिला प्रधानमन्त्री इन्दिरा गाँधीको 104औँ जन्मजयन्ती पालन गरियो। यस अवसरमा आज आवश्यकमन्द मानिसहरूलाई  कम्बल वितरण गरियो। रञ्जन सरकारले भने, पूर्व प्रधानमन्त्री इन्दिरा गाँधीले आधुनिक भारतको निर्माण गरिन्। तिनको सालिगलाई उचित दर्जा दिएकोमा इन्दिरा गाँधी स्मृति रक्षा कमिटीका प्रत्येक सदस्यहरूलाई आफूहरूको तर्फबाट धन्यवाद दिदँछु। आगामी दिनमा उक्त सालिगलाई पूर्णाङ्ग आकार दिइने तथा यसको सौन्दर्यीकरण गर्ने इच्छा रहेको तिनले बताए। यस अवसरमा प्रतुल चक्रवर्ती, मदन भट्टाचार्य, रञ्जन शील शर्मा, सत्यजीत अधिकारी, कल्याण राहा, स्वर्गीय कृष्णचन्द्र पालकी स्वास्नी रूपा पाल र नगरनिगमको प्रशासक बोर्डका  सदस्य रञ्जन सरकार उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *