इन्दिरा गाँधी स्मृति रक्षा फुटबल टुर्नामेन्ट कमिटी-द्वारा एक दिवसीय नक आउट फुटबल टुर्नामेन्टको आयोजना

सिलगढी : इन्दिरा गाँधी स्मृति रक्षा फुटबल टुर्नामेन्ट कमिटीको आयोजनामा एक दिवसीय नक आउट फुटबल टुर्नामेन्टको आयोजना गरियो। सिलगढी नगरनिगमको 23 नम्बर वार्डको बलाका मैदानमा आज उक्त फुटबल टुर्नामेन्टको आयोजना गरियो। उक्त फुटबल प्रतियोगितामा मोट 16 वटा टोलीले अंश ग्रहण गरेको छ। फुटबल टुर्नामेन्टका विजयी टोलीलाई अमृतलाल चौधरी मेमोरियल विनर्स ट्रफी एवम् लेट परेश चन्द्र कर एवम् मनिका कर मेमोरियल रनर्स ट्रफी प्रदान गरिनेछ। उक्त टुर्नामेन्टमा इन्दिरा गाँधी स्मृति रक्षा फुटबल टुर्नामेन्ट कमिटीका सभापति दीपक कर, अमर चन्द्र पाल, मदन भट्टाचार्य लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *