इन्दिरा ओझा उच्चत्तर माध्यमिक विद्यालयमा मास्क अनि अभिवादन पत्र वितरण

सुकेपोखरी : पश्चिम बङगाल सरकारद्वारा विद्यार्थीहरूलाई प्रदान गरिएको  मास्क अनि अभिवादन पत्र आज इन्दिरा ओझा उच्चत्तर माध्यमिक  विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकलाई प्रदान गरियो। यसको साथै बंगाल सरकारद्वारा बाह्रौँ श्रेणीका विद्यार्थीहरूलाई आगामी दिनमा हुने अनलाइन उच्चत्तर माध्यमिक परिक्षाको लागि ट्याब किन्ने 10 हजार रुपियाँ प्रदान गरिने भएको छ। यसको लागि आज नै विद्यार्थीहरूको ब्याङ्क एकाउन्ट नम्बर पनि संग्रह गरिएको प्रधानाध्यापक विकास शर्माले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *