इन्डो नेपाल कराते च्याम्पियनसिप प्रतियोगितामा सिलगढीका नानीहरूले जित्यो 3 गोल्ड सहित 8 वटा पदक

सिलगढी (निसं) नेपालमा आयोजित कराते च्याम्पियनसिप प्रतियोगितामा मेडल जित्ने खेलाडीहरूलाई आज सिलगढी 46 नम्बर वार्ड जातीय शक्ति संघ व पाठागार क्लबको तर्फबाट सम्मान जनाइयो। स्मरण रहोस्, गत 2 र 3 सेप्टेम्बरमा काकरभिट्टामा इन्डो नेपाल कराते च्याम्पियनसिप प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा सिलगढीका केही नानीहरूले अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगितामा सिलगढीका 5 जना नानीले 3 वटा गोल्ड,  2 वटा सिल्भर र 3 वटा ब्रोन्ज मेडल हत्याउन सफल भएका थिए।  आज ती नानीहरूलाई जातीय शक्ति संघ व पाठागार क्लबको तर्फबाट सम्मान जनाइयो। यस अवसरमा जातीय शक्ति संघ व पाठागार क्लबका सम्पादक अभिजीत मालाकारले भने, नेपालको काकरभिट्टामा दुई दिवसीय कराते च्याम्पियनसिपको आयोजना गरिएको थियो, जसमा जातीय शक्ति संघ व पाठागारका 5 जना नानीहरूले मोठ 8 मेडल जितेका छन्। यो अति नै खुशीको कुरा हो। यसैले आज क्लबको तर्फबाट ती नानीहरूलाई सम्मानित गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *