इन्डोर स्टेडियम र बोरो अफिसहरूलाई पुनर्निर्माण गर्न नगरनिगम तत्पर, मेयरद्वारा निरीक्षण

सिलगढी : सिलगढी इन्डोर स्टेडियमलाई नयाँ रूपमा सजाउने साथै प्रत्येक बोरो अफिसलाई पुनर्निर्माण गर्न सिलगढी नगरनिगमले पहल गरेको छ। सिलगढीका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, 3 नम्बर बोरो चेयरम्यान मिली सिन्हा लगायत नगर अधिकारीहरूले आज सिलगढी इन्डोर स्टेडियम एवम् स्टेडियम संलग्न सीबीआई कोर्ट र पार्कको निरीक्षण गरे। 3 नम्बर बोरो अफिसलाई जी प्लस 2 गरिनेछ। भविष्यमा जी प्लस 3 बनाएपछि त्यहाँ पार्किङ बनाइनेछ। यसैले गर्दा सिलगढी इन्डोर स्टेडियममा बोरो अफिसलाई स्थानान्तरण गरिनेछ भने अन्य बोरो अफिसहरूमा नगरनिगमको कार्य गरिनेछ। निरीक्षण गरेपछि मेयरले भने, 3 नम्बर बोरो अफिसको काम समाप्त हुन लगभग 2 वर्ष लाग्नेछ। इन्डोर स्टेडियम छेउको सीबीआई कोर्टको ठाउँ नगरनिगमको रहेकोले यसलाई नगरनिगमले लिएको छ। यसबाहेक पार्कलाई सौन्दर्यीकरण गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *