इन्डोर स्टेडियमको सेफ हाउसमा लक्षणविहीन कोरोना रोगीहरू राख्न शुरू

सिलगढी : सिलगढीको इन्डोर स्टेडियममा आजदेखि सेफ हाउस शुरू गरिएको छ। फाँसीदेवा सेफ हाउसबाट आज केही लक्षणविहीन कोरोना रोगीहरूलाई इन्डोर स्टेडियमको सेफ हाउसमा ल्याइएको छ। गत केही दिनदेखि इन्डोर स्टेडियममा चलिरहेको सेफ हाउसको निर्माण कार्य पुरा भएपछि आजदेखि यहाँ लक्षण देखा नपरेको कोरोना संक्रमित रोगीहरूलाई राखिने बताइएको छ। उक्त सेफ हाउसमा हाल 70 वटा बेड रहेको साथै रोगीहरूलाई अक्सिजनको आवश्यक परेको खण्डमा यहाँ अक्सिजनको व्यवस्था पनि गरिएको छ। यसको साथै कोरोना संक्रमित रोगीहरूलाई समय बिताउनको लागि फ्री वाईफाई, फ्यान लगायत टेलीभिजनको पनि व्यवस्था गरिएको छ। उक्त सेफ हाउसमा राखिएका लक्षणविहीन कोरोना रोगीहरूको उपचारको लागि चौबीसै घण्टा डाक्टर एवम् नर्सहरू उपलब्ध रहने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *