इन्डोर स्टेडियममा सेफ हाउस बनाउने योजनाको प्रतिवादमा विरोध प्रदर्शन

सिलगढी : सिलगढीको इन्डोर स्टेडियममा सेफ हाउस बनाएर उक्त सेफ हाउसमा कोरोनाको लक्षण नभएका रोगीहरूलाई राखिने भएको महकुमा शासक सुमन्त सहायले जानकारी दिएका छन्। अर्कोतिर, इन्डोर स्टेडियममा सेफ हाउस बनाउने योजनालाई लिएर स्थानीय मानिसहरूले क्षोभ व्यक्त गरेका छन्। स्थानीय मानिसहरूले कुनै पनि परिस्थितिमा इन्डोर स्टेडियममा सेफ हाउस बनाउन नदिने दावी गर्दै यसको प्रतिवादमा आज तिनीहरूले इन्डोर स्टेडियम अघि विरोध प्रदर्शनी गरे। घटनाको खबर पाएर पुलिस एवम् सिलगढी महकुमा शासक सुमन्त सहाय घटनास्थलमा पुगेर मानिसहरूसित कुराकानी गरे। स्थानीय मानिसहरूको भनाइअनुसार इन्डोर स्टेडियममा सेफ हाउस बनाउनको लागि सटीक बुनियादी ढांचा नरहेकोले गर्दा गाउँलेहरूलाई समस्या हुनसक्नेछ। अर्कोतिर,  महकुमाशासकले सबै बुनियादी ढाँचाको साथमा यहाँ 100 बेड भएको सेफ हाउस बनाइने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *