इनडङ चियाकमानमा आवश्यकमन्दहरूलाई लुगाफाटा वितरण

जलपाईगढी : सामसिङ जनकल्याण संघको तर्फबाट इनडङ चियाकमानको आम्बा चपल लाइनका वृद्ध लगायत नानीहरूलाई आज लुगाफाटा वितरण गरियो। उक्त संघको तर्फबाट आज धेरैजना नानीहरू तथा वृद्ध-वृद्धाहरूलाई लुगाफाटा गरियो। नयाँ वर्षमा चियाकमानका मानिसहरूले नयाँ लुगाफाटा पाएपछि तिनीहरू खुशी भएका छन्। यस अवसरमा संगठनका अध्यक्ष सञ्जय राज विश्वास, सीके सर्की, राजकुमार बराईली लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *