इनर व्हील क्लब अफ् सिलगढी उत्तरायणको तर्फबाट पानीट्याङकीमा पेयजल फिल्टरको उद्घाटन

सिलगढी (निसं):  इनर व्हील क्लब अफ् सिलगढी उत्तरायणले भारत-नेपाल सिमाना पानीट्याङकीस्थित सीमा शुल्क कार्यालय संलग्न इलाकामा साधरण मानिसहरूका लागि पेयजल फिल्टरको आज उद्घाटन गरे। नक्सलबारी सीमा शुल्क विभागका उपायुक्त एलटी शेर्पाले आज बुधवार उक्त संयन्त्र पेयजल फिल्टरको विधिवत उद्घाटन गरे।  यस अवसरमा सिलगढीको इनर व्हील क्लब अफ् सिलगढी उत्तरायण अध्यक्ष पूजा अग्रवाल, श्वेता अग्रवाल, हांडरू उरांव, कृष्णा राय लगायत अन्य उपस्थित थिए। उक्त पेयजल फिल्टरले अब साधारण मानिसहरू अनि विभिन्न वाहनका चालकहरूको तिर्खा मेटाउनको लागि सुविधा पुग्ने पूजा अग्रवालले बताइन्।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *