ईङ्ल्याण्डलाई 3-2 गोलले पराजित गरेर ईटली बन्यो युरो कप च्याम्पियन

अति रोमाञ्चक प्रतिस्पर्धा पछि पेनल्टी सुट आउटमा ईङ्ल्याण्डलाई 3-2 गोलले पराजित गरेर ईटली युरो कपको उपाधी हत्याउन सफल भएको छ। 56 वर्षपछि कुनै अन्तर्ऱाष्टिय प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुगेको ईङ्ल्याण्ड टोलीमाथि विश्वकै नजर रहे तापनि अन्तमा इटलीले इङ्ल्याण्डको युरो कप जित्ने सपनालाई चकनाचुर पारिदियो।


लण्डनको वेम्बली स्टेडियममा खेलिएको युरो कप 2021 को फाइनल म्याच शुरूदेखि नै अति रोमाञ्चक रहे तापनि निर्धारित अनि अतिरिक्त समयको 120 मिनटसम्म खेल 1-1 गोलको बराबरीमा रह्योपछि पेनल्टी शूटआउट गरियो, जसमा ईटलीले 3-2 गोलले जीत हासिल गऱ्यो। ईङ्ल्याण्डले लगातार 3 पेनल्टी स्कोर गर्न सकेन भने ईटलीले पनि 2 वटा पेनल्टी गोल गर्न सकेन तर तेस्रोपल्ट गोल गऱ्यो। यसको साथै ईङ्ल्याण्डलाई पराजित गरेर ईटली 1968 पछि फेरि युरोपियन च्याम्पियन बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *