इनर व्हील क्लब अफ् सिलगढी उत्तरायण-द्वारा विश्व प्लास्टिक ब्यागमुक्त दिवस पालन

सिलगढी : इनर व्हील क्लब अफ् सिलगढी उत्तरायणको तर्फबाट सिलगढी नगरनिगमको 39 नम्बर वार्ड अन्तर्गत पर्ने हैदरपाड़ा बजारमा आज अन्तर्राष्ट्रिय प्लास्टिक ब्याग मुक्त दिवस मनाइयो। वर्तमान परिस्थितिमा प्लास्टिकको क्यारी ब्यागको उपयोग पर्यावरण प्रदूषणको कारणहरूमध्ये एक हो। प्लास्टिकको क्यारी ब्यागको प्रयोग रोक्ने उद्देश्य लिएर हैदरपाड़ा इलाकाका सब्जी व्यवसायीहरूलाई लुगाको ब्याग प्रदान गर्नको साथै दोकानेहरू लगायत क्रेताहरूलाई प्लास्टिकको क्यारी ब्यागको प्रयोगले हुने दुष्प्रभावबारे जागरूक गराइयो। इनर व्हील क्लब अफ् सिलगढी उत्तरायणका सदस्यले प्लास्टिकको क्यारी ब्यागको प्रयोग रोक्नको लागि सब्जी व्यवसायीहरूलाई लुगाको ब्याग प्रदान गर्नको साथै प्लास्टिकको क्यारी ब्याग प्रयोग नगर्नेबारे अपील गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *