इन्टर कलेज वार्षिक क्रीड़ा प्रतियोगिता

कुचबिहार : कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयको अधीन एवम् कुचबिहार कलेजको तर्फबाट आज इन्टर कलेज वार्षिक क्रीड़ा प्रतियोगिताको आयोजना गरियो। कुचबिहार राजबाड़ी स्टेडियममा आज उक्त प्रतियोगिताको उद्घाटन पञ्चानन बर्मा विश्वविद्यालयका उपकुलपति डाक्टर देव कुमार मुखर्जीले विधिवत् रूपमा गरे। प्रतियोगतामा पञ्चानन बर्मा विश्वविद्यालयको अधीनमा रहेको सबै कलेजका विद्यार्थीहरूले अंश ग्रहण गरेका छन्। यस अवसरमा विश्वविद्यालयका रजिस्टर डाक्टर अब्दुल कादेर सफालीलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *