इन्टरनेशनल पावर लिफ्टिङ प्रतियोगितामा अंश गर्ने प्रतियोगीहरूलाई सम्वर्द्धना

सिलगढी : दार्जिलिङ जिल्लाका 5 जना प्रतियोगीले इन्टरनेशनल पावर लिफ्टिङ प्रतियोगितामा अंश ग्रहण गर्ने भएका छन्। आज सिलगढीको हैदरपाड़ामा दार्जिलिङ डिस्ट्रिक्ट पावर लिफ्टिङ एसोसिएशनको तर्फबाट तिनीहरूलाई सम्वर्द्धना जनाइयो। प्रतियोगीहरूको मनोबल बढ़ाउने उद्देश्य लिएर उक्त पहल गरिएको संगठनका सदस्यहरू बताए। इन्टरनेशनल पावर लिफ्टिङ प्रतियोगिता आगामी 4 फरवरी 2021 -मा महाराष्ट्रको अमरावतीमा शुरू हुने भएको छ भने आगामी 7  फरवरीसम्म चल्ने भएको छ। आगामी 2 फरवरीमा दार्जिलिङ जिल्लाका 5 जना प्रतियोगी महाराष्ट्र प्रस्थान गर्ने भएका छन्। यस प्रतियोगितामा 18 वटा देशका प्रतियोगीहरूले अंश ग्रहण गर्ने भएको छ। उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा जिल्लाका प्रतियोगीहरूले उत्कृष्ट प्रदर्शन दिएर विश्व च्याम्पियन बन्न सक्ने सबैले आशा साँचेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *