इन्टरनेटको सहयोगमा महिलाहरूले तयार गरिरहेका छन् मास्क र सेनिटाइजर

कोलकाता : हाल देश भरिमैं कोरोना भाइरसको आतङ्क देखा पर्नको साथै कोरोना पीड़ितहरूको संख्या बढ्दै गइरहेको देखिन्छ। यसैले मानिसहरूको लागि कोरोना भाइरसको संक्रमणबाट बचाउँन कोलकाताका महिलाहरू सेनिटाइजर र मास्क बनाउनमा व्यस्त छन्। भारतमा हालसम्म कोरोनाले 5 जना मानिसको मृत्यु भइसकेको पुष्टी भएको छ। यस्तो स्थितिमा मानिसहरूलाई मास्क र सेनिटाइजरको प्रयोग गर्ने सल्लाह दिइरहेको छ। तर हाल बजारमा मास्क र सेनिटाइजर नपाइरहेको साथै यसको मूल्य कालाबजारीको कारण बढ़िरहेको छ। यस समस्याको समाधान गर्दै सबै स्तरका मानिसहरूमा मास्क र सेनिटाइजर पुर्याउने उद्देश्यले कोलकाता यादवपुर थीम पार्क इलाकाका महिलाहरूले मास्क र सेनिटाइजर बनाइरहेका छन्। आफ्टर सेभ लोशनसँग मिनरल वाटर मिलाएर साथै इन्टरनेटबाट विभिन्न पद्धतिलाई हेरेर ह्याण्ड सेनिटाइजर बनाइरहेका छन्। उक्त महिलाहरूले 18 मार्चदेखि मास्क र सेनिटाइजर बनाउने कार्य शुरू गरेका छन्। हालसम्म तिनीहरूले 18 सय मास्क र 3 सय बोतल सेनिटाइजर बनाइसकेका छन्। यस कार्यमा लगभग 20 देखि 30 जना महिलाहरू साथै पुरूषहरू लागी परेका छन्। तिनीहरूले यस समय आफूहरूको मुख्य उद्देश्य मास्क र सेनिटाइजर मानिसहरूलाई निःशुल्क वितरण गर्ने रहेको


Leave a Reply

Your email address will not be published. Required fields are marked *