आईएनटीटीयुसी-द्वारा भारत-बाङ्ग्लादेशका ट्रक चालकहरूलाई परिचय पत्र वितरण

राजगञ्ज : फुलबारीमा भारत-बाङ्ग्लादेशका ट्रक चालकहरूलाई आईएनटीटीयुसी-को तर्फबाट परिचय पत्र वितरण गरियो। प्राप्त जानकारीअनुसार फुलबारीमा एउटा सभाको माध्यमद्वारा आज दार्जिलिङ जिल्ला एवम् डाबग्राम फुलबारी ट्रान्सपोर्ट चालक र खलासी युनियनका धेरैजना चालकहरूलाई परिचय पत्र वितरण गरियो। यस सम्बन्धमा डाबग्राम-फुलबारी आईएनटीटीयुसी ब्लक अध्यक्ष सुकान्त करले बताएअनुसार भारत-बाङ्ग्लादेश सीमामा लगभग 110 जना ट्रक चालकहरूलाई आज कार्ड प्रदान गरियो भने उक्त कार्ड नै चालकहरूको परिचय पत्र रहेको हो। यदि ट्रक चालकहरूलाई कुनै असुविधा भएको खण्डमा तिनीहरूले युनियनको कार्ड देखाए सहयोग हुने साथै आगामी दिनमा अन्य ट्रक चालक र खलासीहरूलाई उक्त कार्ड प्रदान गरिने तिनले बताए। यस अवसरमा फुलबारी 1 नम्बर अञ्चल अध्यक्ष तपन सिंह, फुलबारी आईएनटीटीयुसीका संयोजक मोहम्मद सलिम, शुभङ्कर नस्कर, बापी विश्वास र अन्य ट्रक चालकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *