आईएनटीटीयुसीद्वारा विपन्न परिवारलाई खाद्य सामग्रीहरू वितरण

सिलगढी: आईएनटीटीयूसी-एनजेपी शाखाका सदस्यहरूले आज एनजेपी स्टेशन परिसरमा लगभग 500 जना आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरे। संगठनका अध्यक्ष अरूप रतन घोषले यसबारे जानकारी दिँदै भने, गत वर्षको लकडाउनको समयमा पनि हामीले धेरैजना आवश्यमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरेका थियौ। यसपल्ट पनि विशेष अति अवश्यकमन्द परिवारका सदस्यहरूलाई केही खाद्य सामग्रीहरू वितरण गर्ने प्रयास गरिरहेका छौ। आउँदो दिनहरूमा पनि आवश्यकमन्द मानिसहरूलाई यस प्रकारको खाद्य सामग्री वितरण गरिने तथा अन्य सहयोग आईएनटीटीयूसी-एनजेपी शाखाको तर्फबाट गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *