आईएनटीटीयुसी-द्वारा मतिगढास्थित भाजपा सांसदको घर अघि विरोध प्रदर्शन

सिलगढी : उत्तर बंगालको तीनवटा जिल्लामा चियाकमानका श्रमिकहरूको समस्यालाई लिएर तृणमूल श्रमिक संगठनको तर्फबाट 10 दिन व्यापी आन्दोलन शुरू गरेको छ। यसै क्रममा आन्दोलनको 9 औँ दिन आज आईएनटीटीयुसी श्रमिक संगठनले मतिगढास्थित दार्जिलिङका भाजपा सांसदको घरअघि मञ्च बनाएर विरोध प्रदर्शन गर्यो। आईएनटीटीयुसीका प्रदेश अध्यक्ष ऋतब्रत ब्यानर्जी र दार्जिलिङ जिल्ला आईएनटीटीयुसी अध्यक्ष निर्जल दे-को नेतृत्वमा चियाकमानका श्रमिकहरूलाई पीएफ लगायत अन्य विषयलाई लिएर विरोध प्रदर्शन गरियो। स्मरण रहोस्, तृणमूल कङ्ग्रेस समर्थित श्रमिक संगठन आईएनटीटीयुसी उत्तर बंगालको तीनवटा जिल्ला जलपाईगढी, अलिपुरद्वार र दार्जिलिङ जिल्लामा भाजपा सांसद, विधायकहरूको घर अघि आन्दोलन शुरू गरेको छ। यसै क्रममा आज सिलगढीमा दार्जिलिङ जिल्ला सांसद राजु विष्टको आवास अघि विरोध प्रदर्शन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *