आईएनटीटीयुसी-द्वारा मृतक वाहन चालकको परिवारलाई आर्थिक सहयोग

सिलगढी : मृतक वाहन चालकको परिवारका सदस्यहरूको सहयोगको लागि आईएनटीटीयुसी जातियतावादी ट्रक ड्राइभर्स एन्ड वर्कर्स युनियन एनजेपी युनिट अघि आएको छ। स्मरण रहोस्, गत 30 जुनको दिन कुचबिहार संलग्न इलाका निवासी मोहम्मद टिङ्कु नाम गरेका एकजना वाहन चालकको पथ दुर्घटनामा मृत्यु भएपछि तिनका स्वास्नी र दुईजना नानीहरू समस्यामा परेका छन्।


आज संगठनको तर्फबाट उक्त परिवारलाई सहयोग स्वरूप 45 हजार रुपियाँ प्रदान गर्नको साथै मृतक चालकको स्मरणमा वृक्ष रोपण कार्यक्रमको पनि आयोजना गरियो। संगठनका संयोजक सुजय सरकारले ड्राइभर्स युनियन उक्त परिवारको साथमा रहने बताए। यस अवसरमा आईएनटीटीयुसी-का संयोजक सुजय सरकार, अङ्कुर दास, मोहम्मद समिरूल, बाबु दास, बापी, भट्टाचार्य, मिनाल अधिकारी, बिमल दास, राखी सरकार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *