आईएनटीटीयुसी जिल्ला अध्यक्ष निर्जल दे-ले तृणमूल प्रार्थी दिलीप बर्मनको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्डका तृणमूल कङ्ग्रेस उम्मेद्वार दिलीप बर्मनको समर्थनमा आज आईएनटीटीयुसी जिल्ला अध्यक्ष निर्जल दे-ले चुनाउ प्रचार गरे। दिलीप बर्मनले आज बाजागाजाको साथमा रेगुलेटेड मार्केटमा घुमेर चुनाउ प्रचार गर्दै त्यहाँका मजदुर र गद्दीका मालिकहरूलाई दिलीप बर्मनको समर्थनमा मतदान गर्ने अपील पनि गरे। चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाएको तिनले बताए। केही कार्यकर्ताहरूले सिलगढी नगरनिगम चुनाउको लागि टिकट नपाएपछि पार्टीसित रूष्ट बनेका छन्। तर यसले कुनै प्रभाव नपर्ने तिनले बताए। तिनले केही दिनदेखि तृणमूल प्रार्थी दिलीप बर्मनको समर्थनमा चुनाउ प्रचार गरिरहेका छन् भने चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेकाले गर्दा यसपल्टको सिलगढी नगरनिगमको चुनाउमा तृणमूल कङ्ग्रेसले बोर्ड गठन गर्ने दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *