आईएनटीटीयुसी कार्यालय तोड़फोड गर्ने आरोपीहरूलाई पक्राउ गर्ने मागमा विक्षोभ

सिलगढी :  आईएनटीटीयुसी कार्यालय तोडफोड गरेको घटनाको आरोपीहरूलाई पक्राउ गर्ने मागमा आईएनटीटीयुसी-का कर्मी तथा समर्थकहरूले आज एनजेपी थाना अघि विक्षोभ प्रदर्शन गरे। स्मरण रहोस्, हिजो केही तृणमूल समर्थकहरूले एनजेपी स्टेसनमा कार्यरत अस्थायी कर्मचारीमाथि हमला गर्दा दुईजना व्यक्ति घाइते भएका थिए। यसको विरोध जनाउँदै भाजपा तथा रेलवेका अस्थायी कर्मचारीहरूले आईएनटीटीयुसी कार्यालयमा तोडफोड गरेको तृणमूलको आरोप रहेको छ। घटनापछि परिस्थिति नियन्त्रणमा ल्याउन एनजेपी थानाका विशाल  पुलिस वाहिनी घटनास्थलमा पुगेर दुईजना व्यक्तिलाई पक्राउ गरेको थियो। घटनाको 24 घण्टा बितिसक्दा पनि मूल आरोपीहरूलाई हालसम्म पक्राउ नगरेको तृणमूलको आरोप रहेको छ। यसैले आज आईएनटीटीयुसी नेता प्रसनजीत राय र अरूप रतन घोषको नेतृत्वमा मूल आरोपीलाई पक्राउ गर्नुपर्ने माग गर्दै तृणमूलका कर्ती तथा समर्थकहरूले एनजेपी थाना अघि विक्षोभ प्रदर्शन गरेको बताइएको छ। शान्त एनजेपीमा भाजपाले अशान्ति फैलाउने प्रयास गरिरहेको छ जुन सहन नगरिने आईएनटीटीयुसी नेता अरूप रतन घोषले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *