आइएनटीटीयुसी-को डाबग्राम-फुलबारी ब्लक कमिटीको घोषणा

राजगञ्ज : आईएनटीटीयुसी-का जिल्लाध्यक्ष राजेश लाकड़ाले आइएनटीटीयुसी-को डाबग्राम-फुलबारीको ब्लक कमिटीको घोषणा गरे। आज साँझ फुलबारी श्रमिक संगठनको पार्टी कार्यालयमा अध्यक्ष, उपाध्यक्ष र महासचिवको नामहरूको घोषणा गर्नको साथै नवनियुक्त सदस्यहरूलाई संवर्द्धना पनि जनाइयो। यस अवसरमा जिल्ला अध्यक्ष राजेश लाकड़ा, जलपाईगढी जिल्ला परिषदका कर्माध्यक्ष अधिकारी देवाशीष प्रमाणिक, डाबग्राम-फुलबारी आईएनटीटीयुसी ब्लक अध्यक्ष सुकान्त कर, रबीउल करीम, मोहम्मद अहिद, मोहम्मद सलीम लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *