आईएनटीटीयुसी-को तर्फबाट असहाय व्यक्तिलाई व्हिल चेयर प्रदान

सिलगढी: साहुडाङ्गी संलग्न आदर्शपल्ली इलाका निवासी रवि दास धेरै दिन अघिदेखि शारीरिक रूपमा अस्वस्थ्य छन्। एनजेपी आईएनटीटीयुसी-को तर्फबाट आज तिनलाई व्हिल चेयर प्रदान गरियो। एक समय तिनी आफ्नो छोरीलाई साथमा लिएर सडकमा घुमफिर गरेर लटरी बिक्री गर्ने गर्दथे। हाल तिनी अस्वस्थ्य रहेकोले साथै व्हिल चेयर भत्केकोले गर्दा लटरी बिक्री गर्न बन्द गरेका छन्। यसबारे थाहा पाएपछि आईएनटीटीयुसी-को मनिटरिङ कमिटीका संयोजक सुजय सरकारको पहलमा रवि दासलाई व्हिल चेयर प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.