आईएनटीटीयुसी मङपु शाखा समिति गठन

मङ्पु: तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठन आईएनटीटीयुसी-को मङपु विभाग सर्वजनिक भवनमा जोनल सभापति सञ्जय थापाको अध्यक्षता सम्पन्न भयो। सभामा उपस्थित टीएमसी दार्जीलिङ जिल्ला नारी एकाई सचिवा रेजिना गुरुङ, रोङचोङ जीपी संयोजक नवीन मिश्र, जोनल युनियन मुल सचिव पवल प्रधान आदिले सम्बोधन गरे। सभामा व्यापक-चर्चा परिचर्चा गरेपछि आइएनटीटीयुसी मङपु शाखा समिति गठन गरियो। उक्त समितिमा सभापति समित राई, उपसभापति फिरोज थापा र यौवन मंगर, मुल सचिव आनन्द राई, सहसचिव रुपेन्द्र थापा र उपेन्द्र राई, कोषाध्यक्ष सबिता थापा र यसोदा गुरुङ अनि कोषाध्यक्ष बिजय राईलाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *