आईपीएलको सट्टा बजार चलाइरहेको आरोपमा 2 जना पक्राउ

सिलगढी : सिलगढीमा आईपीएल म्याचको नाममा चलिरहेको सट्टा बजारको लगातार खुलासा भइरहेको छ। एसओजी, मतिगढा थाना र भक्ति नगर थाना पुलिसपछि यसपल्ट सिलगढी थाना पुलिसले अभियान चलाएर मासु दोकानको आडमा चलाइरहेको आईपीएल म्याचको सट्टा बजारको भान्डाफोड गरेको छ भने घटनामा 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू बाग्राकोर्ट निवासी एमडी शरफराज र एमडी नफीज आलम सामेल छन्। प्राप्त जानकारी अनुसार शरफराज र नफीज दुवैले एउटा मासु दोकानको आडमा अनलाइन आईपीएलको सट्टा बजार चलाइरहेका थिए। एउटा एपको माध्यमद्वारा दुवैले प्रत्येक दिन आईपीएल म्याचमा जुआ खेलाइरहेका थिए। गोप्य सूचनाको आधारमा गत राति सिलगढी थाना पुलिसले अभियान चलाएर बाग्राकोर्ट इलाकाबाट एमडी शरफराज र एमडी नफीज आलमलाई पक्राउ गर्नको साथै 2 वटा मोबाइल र केही नगद रुपियाँ पनि उद्धार गरेको छ। पक्रा परेका 2 जनालाई पुलिसले आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *