आईपीएलमा सट्टा लगाएको आरोपमा राजगञ्जबाट एकजना पक्राउ

राजगञ्ज : राजगञ्ज पुलिसले आईपीएल म्याचमा सट्टा लगाएको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति राजगञ्जको पानीकौरी ग्राम पञ्चायत अन्तर्गत पर्ने पयाचरी इलाका निवासी अब्दुल रहीम (36)-को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार राजगञ्जमा आईपीएल क्रिकेट म्याचमा सट्टा लगाइरहेको पुलिसले गोप्य सुइँको पाएपछि फाटापुकुर इलाकामा अभियान चलाएर गत साँझ एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। तथापि, अन्य केही व्यक्तिहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको थाहा लागेको छ। पुलिसले पक्रा परेका व्यक्तिबाट 2 वटा मोबाइल, 4500 रुपियाँ उद्धार गरेको छ। राजगञ्ज पुलिसले बताएअनुसार राजगञ्जका छेउछाउको इलाकाका केही मानिसहरू पनि क्रिकेट म्याचमा सट्टा लगाउने मामिलामा संलग्न रहेको हुनसक्ने आशंकामा अब्दुल रहीमलाई रिमान्डमा लिएर सोधखोज गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *