आईपीएल म्याचमा सट्टा लगाउने सिलगढीका 2 जनासहित 6 जना जयपुरमा पक्राउ

सिलगढी : आईपीएल-मा करोडौँ रुपियाँको सट्टाबाजी गरेको आरोपमा जयपुर पुलिसले सिलगढी निवासी 2 जनासहित 6 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा सिलगढीको मिलनपल्ली निवासी 40 वर्षीय रमेश पारीक, सिलगढीको घोगोमाली निवासी 36 वर्षीय सुजल कुमार दास, बानरहाट निवासी 27 वर्षीय फिरोज अन्सारी, कोलकाता निवासी 52 वर्षीय प्रमोद वैद, जयपुर निवासी 36 वर्षीय मुकेश मालपानी र हरियाणा निवासी 28 वर्षीय मोहित कुमारको रूपमा सामेल छन्। पुलिसले घटनास्थलबाट 58 वटा मोबाइल, 3 वटा एलईडी, 4 वटा ल्यापटप, वाईफाई राउटर, क्यालकुलेटर लगायत अन्य सामग्रीहरू उद्धार गरेको छ।


यसको साथै पुलिसले नगद राशि 74 हजार रुपियाँ लगायत आईपीएलबारे करोडौँ रुपियाँको हिसाब लेखिएको 8 वटा डायरी, एन्टी करप्सन फाउन्डेसन एवम् नकली प्रेसकार्ड, कलकत्ता पुलिस क्लबको नकली आईकार्ड पनि उद्धार गरेको छ। जयपुर पुलिस कमिश्नर आनन्द श्रीवास्तवले बताएअनुसार जयपुरको विश्वकर्मा थाना इलाकाको आखेपुरा नजिक एउटा फार्महाउसमा आईपीएलको सट्टाबाजी चलिरहेको थियो। गोप्य सूचनाको आधारमा जयपुर कमिश्नरेटको स्पेशल टीम तथा विश्वकर्मा थाना पुलिसले गत बिहिबार राति संयुक्त अभियान चलाएर आईपीएल क्रिकेट म्याचमा सट्टा लगाइरहेको समय 6 जना पक्रा परेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *