आईपीएल सट्टेबाजी मामिलामा बिनोद मण्डल पक्राउ, अदालतमा गरियो पेश

सिलगढी (निसं): आईपीएल म्याचमा सट्टा बजार चलाउने अझ एकजना व्याक्तिलाई सिलगढी थाना पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी विनोद मण्डल हुन्। स्मरण रहोस, गत 18 मईको दिन आईपीएल सट्टाबजार मामिलामा सिलगढी थानाको पुलिसले अभियान चलाएर बाग्राकोट इलाकाको एउटा मीट दोकानमा गोप्य रूपमा चलिरहेको अनलाइन जुवाको भन्डाफोर गरेको थियो। यस अवधि पुलिसले एमडी सरफराज र एमडी नफीज आलमलाई पक्राउ गरेको थियो। पुलिसले एमडी सरफराजलाई रिमान्डमा लिएर सोधखोज गर्दा तिनका साथी विनोद मण्डलको नाम सामु आएको थियो। यसपछि गत राति सिलगढी थाना अन्तर्गत वाईएमए मैदानबाट विनोद मण्डललाई पक्राउ गरेको बताइएको छ। तिनीबाट उद्धार गरेको एउटा मोबाइल फोनमार्फत अनलाइन जुवाको एप-मा लाखौं रूपियाँको ट्रान्जेक्शन गरेको प्रमाण पनि पुलिसले फेला पारेको छ।
यसैबीच, 5 दिनको पुलिस रिमान्ड पछि आज एमडी सरफराज सँगै विनोद मण्डललाई पनि सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *