इस्कन रोड दखलमुक्त गराउन सडकमा ओर्लिए बोरो चेयरपर्सन तथा काउन्सिलर

सिलगढी : सडक दखल गरेर व्यवसाय चलाइरहेकोले साधारण मानिसहरूले जामको समस्या झेल्न परिरहेको छ। यसैले इलाकालाई दखलमुक्त गराउने उद्देश्य लिएर 5 नम्बर बोरो चेयरपर्सन प्रीतिकणा विश्वास तथा 40 नम्बर वार्ड काउन्सिलर मुन्ना प्रसाद सडकमा ओर्लिएका छन्। सिलगढीको 40 नम्बर वार्ड अन्तर्गत इस्कन रोड सिलगढीको व्यस्तम सडक हो। इलाकामा धेरैवटा दोकानहरू रहेको छ भने केही दोकानेहरूले सडक दखल गरेर व्यवसाय चलाइरहेकोले जामको समस्या सृष्टि भइरहेको छ। यसैले आज काउन्सिलर मुन्ना प्रसाद र 5 नम्बर बोरो चेयरपर्सन प्रीतिकणा विश्वासले त्यहाँका दोकानेहरूलाई सडक दखलमुक्त गराउने निर्देश दिए। आगामी 7 दिनको अवधिमा सडक दखलमुक्त नभएको खण्डमा कडा व्यवस्था अप्नाउने प्रीतिकणा विश्वासले बताइन्। यसको साथै दोकानेहरूलाई प्लास्टिकको प्रयोग नगर्ने परामर्श पनि दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *