इस्लामपुरमा कम्बल वितरण

इस्लामपुर : इस्लामपुरको अन्यभुवन संस्थाका सदस्यहरूले इस्लामपुर तारिन्जीबाड़ी इलाकाको मोहन गाउँका आदिवासी इलाकाका मानिसहरूलाई कम्बल वितरण गरे। संस्थाको सचिव सम्पा सेठले इस्लामपुर महकुमा अस्पतालका चिकित्सक विनय भूषण बेराको छोरीको बिहेमा आवश्यकमन्दहरूलाई सहयोग गर्ने उद्देश्य लिएर उक्त पहल गरिएको बताइन्। यस अन्तर्गत बिहेमा निमन्त्रणा गरिएको मानिसहरूले उपहारको बद्ली आआफ्नो सामर्थ्यनुसार रुपियाँ प्रदान गरे। यसैबाट उठेको रुपियाँले आवश्यकमन्दहरूलाई कम्बल वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *