इस्लामपुरमा सात दिवसीय सबला मेला शुरू

इस्लामपुर : इस्लामपुरमा सात दिवसीय सबला मेला आजदेखि शुरू भयो। इस्लामपुरको कोर्ट मैदानमा आयोजित उक्त मेलाको उद्घाटन समारोहमा आज जिल्ला स्वनिर्भर समूह व स्वनियुक्ति अधिकारी सैकत गाङ्गुली, इस्लामपुर नगरपालिका चेयरम्यान कन्हैयालाल अग्रवाल, उत्तर दिनाजपुर जिल्ला परिषदको सभाधिपति फारहात बानु, प्रतिनिधि जावेद अख्तारलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। उक्त मेला आगामी आइतबारसम्म चल्नेछ। मेलामा मोठ 50 वटा स्टलहरू लगाइएको छ। यसबाहेक विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *