इस्लामपुरमा श्री श्याम प्रभु खाटु वाले जी-को धार्मिक पदयात्रा

इस्लामपुर : श्री श्याम प्रभु खाटु वाले जी-को षष्टम वार्षिक उत्सव इस्लामपुरमा धुमधामको साथमा मनाइरहेको छ। यस अवसरमा आज बिहान मारवाड़ी युवा मञ्चको आयोजनामा धार्मिक पदयात्रा निकालिइयो। उक्त धार्मिक पदयात्रा इस्लामपुरको लोहरपट्टीको पीके गोलाबाट शुरू गरेर इस्लामपुर बजार चौरङ्गी हुँदै श्री श्याम प्रभु खाटू वाले जी उत्सव समारोह स्थल एमसी मोड़मा पुगेर समापन गरियो। उक्त धार्मिक पदयात्रामा इस्लामपुर नगरपालिका चेयरम्यान र जिल्ला तृणमूल कांग्रेस अध्यक्ष कन्हैया लाल अग्रवाललगायत इस्लामपुर एवम् उत्तर बंगालको विभिन्न ठाउँहरूबाट धेरै संख्यामा मानिसहरू सामेल थिए। श्री श्याम प्रभु खाटू वाले जी उत्सवको अवसरमा आज साँझ भजन सन्ध्याको आयोजना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *