इस्लामपुर सड़क दुर्घटनामा व्यक्तिको मृत्यु, अन्य एकजना गम्भीर घाइते

इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना अन्तर्गत पर्ने बरट इलाकामा एउटा बाइक र एउटा वाहन ठोक्किँदा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। मृतक इस्लामपुर थानाको बरट इलाका निवासी परेश देवनाथको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सिलगढीबाट आइरहेको एउटा वाहन अनियन्त्रित भएर बाइकलाई धक्का दिँदा घटनास्थलमै परेश देवनाथको मृत्यु भएको छ भने अन्य एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घटनाको खबर पाएर इस्लामपुर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *